झापाको बिर्तामोडमा बस दुर्घटना, दुईको मृत्यु, १३ जना घाइते ।
कोशी आवाज २०८२ असोज १६ गते बिहीबार ।
बिराटनगर । झापाको बिर्तामोडमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ९:३० बजे विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक बस (प्र १–०१–००१ ख ४४५९) बिर्तामोड नगरपालिका–६, गिरीबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेर सुनसरी, इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका कन्डक्टर मोरङ, रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।
घाइतेको विवरण
घटनामा घाइते हुनेहरूमा:
इटहरी–११ का गुलशनराज शर्मा (३८), उनकी श्रीमती अंकिता शर्मा (३६), छोरी मनसुइ शर्मा (६), र बिनु शर्मा (३७) – मनसुइ र बिनुको टाउकोमा चोट।
मोरङ, विराटनगर–२ का सहचालक सोमकुमार भुजेल (४२)।
पाँचथर, कुम्मायक–६ की गंगा लिम्बु (२८)।
झापा, कमल–७ का लोजिहाङ लावती (८), सुहाना लिम्बु (२३) र उनका भतिजा मेङ्सो लिम्बु (५)।
विराटनगर–१ की अनुषा भट्टराई (१७)।
मोरङ, विराटनगरकी मञ्जु खतिवडा (३६)।
झापा, दमक–१ की राधिका खतिवडा (६०)।
ताप्लेजुङ, फक्तालुङ–१ का राकेश लिम्बु।
अस्पतालका अनुसार घाइतेहरूको हात, खुट्टा र अनुहारमा चोट लागे पनि उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाइएको छ।