

रंगेलीमा सिटी सफारी दुर्घटना, चालक घाइते ।
कोशी आवाज २०८२ भदौ ८ गते आइतबार ।
मोरङ,रंगेली । रंगेली नगरपालिका–६ मधुवनीस्थित हुलाकी सडक खण्डमा आज बिहान रंगेलीबाट डाइनिया तर्फ जाँदै गरेको प्र१–०२–००२ह ०२१८ नं.को सिटी सफारी दुर्घटनाग्रस्त भएको छ।
सवारी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक रंगेली नगरपालिका–५ का ३९ वर्षीय नितेश मण्डल घाइते भएका छन्। उनको बाँया खुट्टा भाँचिनुका साथै दायाँ खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
घाइते मण्डललाई तत्काल उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सिटी सफारीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी आपगाछी ‘क’ मा राखिएको छ।