जहादा–३ को बाल लक्ष्मी आधारभूत विद्यालयमा रोटरी क्लबको ‘ह्याप्पी स्कूल’ परियोजना ।

जहादा–३ को बाल लक्ष्मी आधारभूत विद्यालयमा रोटरी क्लबको ‘ह्याप्पी स्कूल’ परियोजना ।

कोशी आवाज २०८३ भदौ २ गते मंगलवार ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मोरङको जहादा गाउँपालिका–३ स्थित बाल लक्ष्मी आधारभूत विद्यालयमा ‘ह्याप्पी स्कूल’ परियोजना सञ्चालन गरी विपन्न समुदायका बालबालिकाका लागि उदाहरणीय काम गरेको छ।

क्लबले TEACH Platform अन्तर्गत बाल विकास कार्यक्रमको हिस्साका रूपमा विद्यालयमा सुरक्षित, मनोरञ्जनात्मक तथा बालमैत्री खेलमैदान निर्माण गरेको हो। परियोजनाबाट बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत १०५ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्।

निर्माण गरिएको खेलमैदानमा तीन वटा पिङ, एक सी–स, एक स्लाइड र एक टर्नटेबल रहेका छन्। खेल सामग्रीहरू टिकाउ फाइबरग्लास, बलियो मेटल फ्रेम तथा सुरक्षित एङ्करिङ प्रणाली प्रयोग गरी निर्माण गरिएको क्लबले जनाएको छ।

परियोजनाको मुख्य उद्देश्य बालबालिकाका लागि विद्यालयमा खुसी, सुरक्षित र रमाइलो वातावरण सिर्जना गर्नुका साथै उनीहरूलाई शारीरिक गतिविधि, खेलकुद तथा सामाजिक अन्तरक्रियामा सहभागी हुन प्रोत्साहित गर्नु रहेको छ।

क्लबकी अध्यक्ष सरिता गोल्छाले विद्यालयलाई थप आकर्षक र बालमैत्री बनाउन परियोजनाले सहयोग पुग्ने बताइन्।

विद्यालयका प्रधानाध्यापक बलेश्वर राजवंशीले बालबालिकाका लागि खेलमैदान निर्माण गरिदिएकोमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनप्रति आभार व्यक्त गरे।