सांसद खगेन्द्र सुनारले फेरि भने- गृहसचिव र आईजीपी बर्खास्त अनिवार्य छ

सांसद खगेन्द्र सुनारले फेरि भने- गृहसचिव र आईजीपी बर्खास्त अनिवार्य छ

म्यादी प्रहरीको पोसाक–जुत्ता खरिदमा छानबिन गर्न सांसद सुनारको माग ।

कोशी आवाज २०८३ भदौ २ गते मंगलबार ।

विराटनगर । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लत्ताकपडा तथा जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचारबारे तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुनारले छानबिन अघि गृहसचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई जिम्मेवारीबाट हटाउनुपर्ने अडान दोहोर्‍याएका छन्।

उनले प्रहरी संगठनलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउँदै केही व्यक्तिको बदमासीको भार सिंगो प्रहरी संगठनले बोक्न नहुने उल्लेख गरेका छन्। साथै, प्रहरीको मनोबल उच्च राख्दै दोषीमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ।

यसअघि सार्वजनिक लेखा समितिमा परेको उजुरीलाई आधार बनाउँदै सुनारले आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गरी कारबाही अघि बढाउनुपर्ने माग गरेका थिए। यता, बेनामे उजुरीकै आधारमा राज्यका महत्वपूर्ण पदमा रहेका व्यक्तिमाथि कारबाही गर्न नहुने भन्दै सत्तारुढ सांसद तथा गृहमन्त्री सुधन गुरुङले प्रतिवाद गर्दै आएका छन्।