कोशी प्रदेश प्रहरी प्रमुखसँग Gen Z प्रतिनिधिको भेट, शान्ति सुरक्षा र समसामयिक विषयमा छलफल ।

कोशी प्रदेश प्रहरी प्रमुखसँग Gen Z प्रतिनिधिको भेट, शान्ति सुरक्षा र समसामयिक विषयमा छलफल ।

कोशी आवाज २०८३ श्रावण २० गते बुधबार ।

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालसँग The Council of Gen Z का प्रतिनिधिले मंगलबार भेटघाट गर्दै प्रदेशको शान्ति सुरक्षा, प्रहरी–समुदाय सम्बन्ध तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन्।

जेननीहरुले प्रदेश प्रहरी कार्यालय रानी पुगेर प्रदेश प्रहरी प्रमुख खनाललाई स्वागत गर्दै विभिन्न समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

भेटका क्रममा पछिल्लो समय मोरङका व्यावसायिक घरानामा मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाल नेतृत्वको प्रहरीले हानेको छापालाई केही सञ्चारमाध्यमले प्रहरीको भूमिकालाई नै गलत व्याख्या गर्दै अतिरञ्जित ढंगले प्रस्तुत गरेको विषयमा पनि ध्यानाकर्षण गराइएको The Council of Gen Z Morang का संयोजक राम खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार तथ्यमा आधारित समाचार सम्प्रेषण हुनुपर्ने र प्रहरी संगठनको मनोबल कमजोर हुने किसिमका प्रस्तुतीकरणबाट बच्नुपर्नेमा जोड दिइएको थियो।

उनीहरुले कानुन कार्यान्वयन र न्याय सम्पादनका क्रममा प्रहरीले व्यापारी, विशिष्ट व्यक्ति (VIP) वा राजनीतिक पहुँचका आधारमा होइन, सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सुझाव दिएका छन्।  साथै प्रदेश मातहतका प्रहरी कर्मचारीहरूले कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा पनि राखिएको थियो ।

भेटघाट सौहार्दपूर्ण र फलदायी भएको जनाउँदै जेन–जी प्रतिनिधिहरुले प्रहरी र नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आगामी दिनमा समेत निरन्तर संवाद आवश्यक रहेको बिक्रान्त बस्नेत ले बताएका छन्।