एमाले सचिवमा चुनाव लड्दै विराटनगरका विनोद ढकाल ।

एमाले सचिवमा चुनाव लड्दै विराटनगरका विनोद ढकाल ।

कोशी आवाज २०८२ मङ्सिर २३ गतेमंगलवार ।

विराटनगर,। नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदमा आकांक्षी नेताहरू सक्रिय हुन थालेका छन्। सोहीक्रममा मोरङ, विराटनगर निवासी विनोद ढकालले एमालेको आगामी एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा प्रवेश गरेका ढकाल भूमिगतकालमै मोरङ जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

पार्टी राजनीतिमा पनि उनले वडा तहदेखि केन्द्रीय कमिटीसम्म नेतृत्वको जिम्मेवारी सम्हालेका छन्। संगठनात्मक अनुभव, राजनीतिक बौद्धिकता र कार्यशैलीका कारण ढकाललाई एमालेभित्र सक्षम र सक्रिय युवा नेतृत्वको रूपमा हेरिन्छ।

मोरङ जिल्ला कमिटीको अध्यक्ष र जिल्ला इञ्चार्ज हुँदै उनी दशौँ महाधिवेशनमा फराकिलो मतान्तरसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा उनी झिनो मतान्तरले पराजित भए पनि युवामाझ उनको लोकप्रियता उच्च रहेको मानिन्छ।

नेतृत्वको आन्तरिक द्वन्द्व र वैरभावका कारण केही समय औपचारिक जिम्मेवारीविहीन रहे पनि ढकाल कोशी प्रदेशमा संगठित पार्टी कार्यको केन्द्रबिन्दुका रूपमा सक्रिय रहँदै आएका छन्।

प्रदेशका जिल्ला अधिवेशन, जनसंगठनका कार्यक्रमदेखि आन्दोलनसम्म—कोशी प्रदेशमा सर्वाधिक खोजीने र सक्रिय युवा नेताका रूपमा ढकाल चिनिन्छन्।