सुनवर्षीमा १० लाख लगानीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालन ।

सुनवर्षीमा १० लाख लगानीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालन ।

कोशी आवाज २०८३ श्रावण ३ गते आइतबार ।

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ मा स्थानीय युवा प्रकाश कुमार सिंहले करिब १० लाख रुपैयाँको लगानीमा ‘हेवन डोर हुक्का बार क्याफे’ सञ्चालनमा ल्याएका छन्।

२७ वर्षीय सिंहले वैदेशिक रोजगारीतर्फ आकर्षित हुने प्रवृत्तिभन्दा आफ्नै जन्मभूमिमा उद्यम सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी र आर्थिक गतिविधि बढाउने उद्देश्यसहित क्याफे स्थापना गरेको बताए।

क्याफेको उद्घाटन पत्रकार तथा सामाजिक अभियन्ता वीरेन्द्रकुमार शाहले गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै शाहले युवाहरूले आफ्नै गाउँ–ठाउँमा लगानी गरी उद्यमशीलता विकास गर्नु सकारात्मक सन्देश भएको बताए। स्थानीय युवाहरूको यस्ता पहलले रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

सञ्चालक सिंहले गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय ग्राहकलाई लक्षित गरी क्याफे सञ्चालन गरिएको जानकारी दिए।

उनले आगामी दिनमा सेवाको दायरा विस्तार गर्दै थप रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए।
स्थानीय स्तरमा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा आएको ‘हेवन डोर हुक्का बार क्याफे’ सुनवर्षी क्षेत्रको व्यवसायिक वातावरण विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।