शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान
कोशी आवाज २०८२ चैत २० गते शुक्रबार ।
विराटनगर । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा अग्रवाललाई पक्राउ गरिएको जनाइएको छ।
स्रोतका अनुसार पक्राउ परेका अग्रवालसँग विभागले शुक्रबार दिउँसो करिब ४ बजेदेखि बयान लिएको थियो। बयानपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
प्रहरीले अग्रवालमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।