सुनबर्सीमा विद्युत् सर्ट भई आगलागी, दुई जना घाइते ।

सुनबर्सीमा विद्युत् सर्ट भई आगलागी, दुई जना घाइते ।

कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार ।

मोरङ । सुनबर्सी नगरपालिका–४, काशीजान निवासी श्यामप्रसाद दासको दुईतले कच्ची घरमा विद्युत् तार सर्ट भई आगलागी भएको छ। आगलागी भएको सूचना २२:२० बजे इलाका प्रहरी कार्यालय रंगेलीमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

आगो दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा २२:५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट अन्दाजी १५–२० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने अन्य चौपायामा कुनै क्षति नभएको जनाइएको छ।

आगो निभाउने क्रममा २६ वर्षीय आबेश कुमार दासको निधार र उनकी श्रीमती २३ वर्षीया पूजा दासको दायाँ हातमा पोलेको चोट लागेको छ। दुवैलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।