विद्यालय स्तरीय नृत्य प्रतियोगिता, झाँकी र गायन प्रस्तुति कार्यक्रम
कोशी आवाज २०८२ असोज २६ गते आइतबार ।
रङ्गेली । मोरङ, रतुवामाई – दीपावली तथा छठ पर्वको पावन अवसरमा प्रथम विद्यालय स्तरीय बृहत् सांस्कृतिक नृत्य प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन तथा स्थानीय कलाकारहरूद्वारा गायन प्रस्तुति कार्यक्रम आयोजना हुने भएको छ।
रतुवामाई नगरपालिका–५, कृष्ण चोक लारीकट्टास्थित श्री युवा शक्ति क्लब, रतुवामाई–मोरङको आयोजनामा उक्त कार्यक्रम आगामी कार्तिक २ गते सम्पन्न गरिने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष दिव्य कर्णका अनुसार कार्यक्रममा रतुवामाई, सुनवर्षी, रङ्गेली र गौरीगञ्ज लगायतका पालिकाका करिब २० वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १५,५५१ र मेडल, द्वितीय पुरस्कार रु. १०,५५१ र मेडल, तृतीय पुरस्कार रु. ५,५५१ र मेडल, र चौथो पुरस्कार रु. २,५५१ र मेडल राखिएको छ। साथै, सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ।