

भारतले आतंकवादी हमलाको कडा जवाफ दियो ।
बिराटनगर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्दोष नागरिकको हत्या गर्ने आतंककारीमाथि भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ मार्फत कडा कारबाही गरेको बताएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आतंकवादविरुद्ध सम्पूर्ण देश एकजुट भएको र सेनालाई ठोस जवाफ दिन जिम्मा दिइएको बताए। ६ मेको राति भारतीय सेनाले पाकिस्तान प्रशासित क्षेत्रमा हवाई आक्रमण गर्दै आतंककारी तालिम केन्द्र ध्वस्त पारेको थियो।
यसअघि १० वैशाखमा जम्मु कश्मीरमा भएको हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो। भारतको कारबाहीपछि पाकिस्तानले पनि जवाफी हमला गरेको थियो, जसले दुई देशबीच तनाव बढाएको थियो। हाल भने अमेरिकालगायत राष्ट्रहरूको पहलमा युद्धविराम भएको छ।