धनपाल गाउँपालिका वार्ड नं ४ स्थित सखरदिना भित्र सडक मा ट्याक्टर दुर्घटना मानवीय क्षति नभएको सामान्य चोटपटक।

धनपाल गाउँपालिका वार्ड नं ४ स्थित सखरदिना भित्र सडक मा ट्याक्टर दुर्घटना मानवीय क्षति नभएको सामान्य चोटपटक।

कोशी आवाज २०८२ बैशाख ३० गते मंगलबार । मोरङ । धनपाल गाउपालीका-४ कर्सिया  पोखरी टोल स्थित सखरदिना भित्रि सडक खण्डमा २०८२ वैशाख २९ गते राती  २०:५० बजे कर्सियाबाट कटहरी तर्फ जादै गरेको प्रदेश १-०२-००३ त ३०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडक साईडमा पल्टिएर दुर्घटना हुदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि श्री अस्पताल बिराटनगर तर्फ पठाइएको, ट्याक्टर घटना स्थलमानै रहेको, निकाल्ने पहल भई रहेको, चालक जिल्ला सुनसरी दुहबि नगरपालिका वार्ड नं .७ बस्ने वर्ष अं. २३ को राम बिलास सरदार फरार रहेको, खोत कार्य भई रहेको ।


१) जिल्ला सुनसरी दुहबी नगरपालिका वार्ड नं. ७ बस्ने बर्ष – १२ को गौतम ऋषिदेब – दाहिने खुट्टामा चोट, अबस्था सामान्य ।
२) ऐ.ऐ. बस्ने बर्ष – ३१ को फुलदिप ऋषिदेब – बाँया छातिमा चोट – अबस्था सामान्य ।
३) ऐ.ऐ.बस्ने बर्ष – १७ को रुपेश पासवान – ढाडमा चोट, अबस्था सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष – १७ को आदित्य ऋषिदेव – ढाडमा चोट अबस्था सामान्य ।

मानवीय क्षति नभएको इलाका प्रहरी रङ्गेलीले जानकारी दिए ।