पाँच घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन गोलाबारी सुरु

पाँच घन्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन गोलाबारी सुरु 

कोशी आवाज २०८२ बैशाख २७ गते सनिवार 

नयाँ दिल्ली । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ ।

राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सञ्चारमाध्यामहरुका अनुसार राजौरीमा गोलाबारी गरिएको छ भने उधमपुरमा ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, ‘यो कस्तो प्रकारको युद्धविराम हो ? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्।’