

खाद्यमल वितरणमा पारदर्शिता र सहजता सुनिश्चित गर्नको लागि दोहमना संघर्षशील युवा क्लबका सदस्यहरूले ज्ञापनपत्र बुझाए ।
कोशी आवाज २०८२ साउन १५ गते शुक्रबार ।
मोरङ रंगेली । हामी, दोहमना संघर्षशील युवा क्लबका सदस्यहरू, रंगेली नगरपालिका वडा नम्बर ९ का किसानहरूको तर्फबाट यो ज्ञापनपत्र प्रस्तुत गर्दछौं।
हालैमा, गर्दा रंगेली वडा ९ मा रहेको सहकारी संस्थाहरूले खादमल वितरण गरेको छ, जसमा कृषकहरूले बिहान देखि लाइनमा बसेका थिए। खाद्य मल वितरणका क्रममा २५ किलोको दरले मल वितरण गरिएको थियो। तर, खादमल वितरणको क्रममा अनेकौं समस्याहरू देखिएको छ। कृषकहरूले समान र न्यायपूर्ण वितरणको अपेक्षामा रहेता पनि यस प्रक्रियामा पारदर्शिता र पहुँचको कमी भएकोमा चिन्ता व्यक्त गरेका छन्।
दोस्रो तर्फ, हामीले अवलोकन गरेका छौं कि अन्य वडामा टोकन वितरण प्रणाली लागू गरिएको छ जसबाट कृषकहरूलाई सहजता प्रदान गरिएको छ। त्यसैले, दोहमना संघर्षशील युवा क्लबका सदस्यहरूको तर्फबाट अनुशंसा छ कि वडा कार्यालयले चासो राखी खादमल वितरणमा पारदर्शिता ल्याउने कार्य गरुन्। साथै, छिमेकी वडामा जस्तै, वडा नम्बर ९ ले पनि टोकन वितरण गरेर कृषकहरुलाई खादमलको पहुँचमा सहजता प्रदान गरिदिनुहोस्।
यसले किसानहरूको लागि खादमलको पहुँचलाई सजिलो बनाउनेछ र वितरणमा समानता र न्याय सुनिश्चित गर्नेछ भन्ने हामी विश्वास गर्छौं।
हामी तपाईंको सकारात्मक उत्तरको प्रतीक्षामा रहन्छौं।
सादर,
दोहमना संघर्षशील युवा क्लब
अध्यक्ष: सुरज यादव
सचिव: रमेश मंडल