जेन-जी आन्दोलनका घटनाबारे जाँचबुझ आयोगको तयारी, प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन ।

जेन-जी आन्दोलनका घटनाबारे जाँचबुझ आयोगको तयारी, प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन ।

कोशी आवाज २०८२ कार्तिक १७ गते सोमबार ।

मोरङ । जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसबेलाका फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई हाल काठमाडौं उपत्यका नछाड्न नेपाल प्रहरी मुख्यालयले निर्देशन दिएको छ।

प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै, आन्दोलनका बेला सबैभन्दा बढी क्षति पुगेका क्षेत्रहरूमा खटिएका इन्चार्जहरूलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने सम्भावना भएकाले उनीहरू उपत्यकाबाहिर नजाने व्यवस्था मिलाउन अनुरोध गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाद्वारा जारी सूचनामा भनिएको छ, “बढी क्षति भएका क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”