प्रतिनिधि सभा निर्वाचनः मोरङ–२ बाट मिनेन्द्र रिजाल र शिवनारायण सिंह गनगाई सिफारिस
कोशी आवाज मंसिर २३, २०८२ मंगलबार
विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व रक्षामन्त्री मिनेन्द्र रिजाल तथा कोशी प्रदेशसभाका पूर्वसदस्य शिवनारायण सिंह गनगाईलाई उमेदवारका रूपमा सिफारिस गरिएको छ।
महिला तर्फ नरायणीदेवी पण्डितको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।
त्यसैगरी, समानुपातिक तर्फ क्षेत्रीय समितिले
- सुजाता कोइराला र
- गोपालमान सिंह राजभण्डारी
को नाम सिफारिस गरेको जानकारी नेपाली कांग्रेस सुनबर्सी नगरपालिका मेयरका उम्मेदवार यज्ञ कार्कीले दिएका छन्।
मोरङका दुई क्षेत्रमा कांग्रेसद्वारा सिफारिस प्रक्रिया अघि बढ्दै
संसदीय निर्वाचनका लागि उम्मेदवार सिफारिस सम्बन्धी प्रक्रिया अघि बढाउँदै कांग्रेसले मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार मातहतका सबै तहलाई प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।