प्रहरी निरीक्षक बगोटीको नेतृत्वमा शंकास्पद व्यक्ति पक्राउ ।

प्रहरी निरीक्षक बगोटीको नेतृत्वमा शंकास्पद व्यक्ति पक्राउ ।

कोशी आवाज २०८२ सावन ९ गते शुक्रबार ।

मोरङ रङ्गेली । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बगोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले आज पुनः सर्हानीय कार्य गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

आज राति करिब ००:३० बजेको समयमा मोरङ जिल्ला, रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजना अन्तर्गतको ट्रान्सफर्मर नजिक शंकास्पद रूपमा दुई वटा मोटरसाइकलमा आएका चार जना व्यक्तिहरूले प्रहरी टोली देख्नासाथ भाग्ने प्रयास गरेका थिए। सो क्रममा तीन जना नाम नखुलेका व्यक्ति नम्बर नखुलेको मोटरसाइकल सहित फरार भएका छन्।

तर, ग्रामथान गाउँपालिका–४ का बस्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। उनको साथबाट हेक्सो ब्लेड, सलाई रिन्च, गल्वस, पिलास, ह्यामर लगायतका औजारहरू र प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। प्रारम्भिक अनुमान अनुसार यी सामग्री चोरी वा तोडफोड प्रयोजनको लागि प्रयोग गरिन सक्ने आशंका गरिएको छ। उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ।

यसका साथै, सोही दिन थप अनुसन्धान र गस्ती कार्यको क्रममा गुराँस चोकबाट दोहमाना जाने सडक खण्डमा करिब १.५ किमी टाढा सडक छेउमा शंकास्पद रूपमा बसेका दुई जना व्यक्तिलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।