विराटनगरमै घर भएर पनि सांसद उप्रेतीले लिए घरभाडा सुविधा ।

विराटनगरमै घर भएर पनि सांसद उप्रेतीले लिए घरभाडा सुविधा ।

कोशी आवाज २०८३ आसार ३२ गते बिहिवार ।

विराटनगर । मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले विराटनगरमै आफ्नै घर हुँदाहुँदै राज्यबाट आवास सुविधा (घरभाडा) लिएको विषय सार्वजनिक भएको छ।

प्रदेशसभा भवनदेखि १५ किलोमिटरभित्र घर भएका सांसदले आवास सुविधा नपाउने व्यवस्था रहे पनि उप्रेतीले २०८३ असार २३ गते प्रदेशसभा सचिवालयमा हस्तलिखित निवेदन दिँदै आफ्नो घर निर्धारित दूरीभन्दा बाहिर रहेको दाबी गरी घरभाडा सुविधा लिएको बताइएको छ। उनको घर भने विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकै रहेको उल्लेख गरिएको छ।

उप्रेती मन्त्री रहँदा पनि सरकारी क्वार्टर नलिई आफ्नै घरमा बसेको तथा घर मर्मत शीर्षकमा सरकारी बजेट प्रयोग गरी निजी घरमा तला थपेको आरोपसमेत लागेको छ।

यसैगरी उनले विभिन्न मितिमा अनुगमन भत्ताबापत दुई किस्तामा ४५ हजार ४ सय रुपैयाँ र १५ हजार ३ सय रुपैयाँ पनि बुझेको उल्लेख छ।

यस विषयमा प्रतिक्रिया लिन सांसद उप्रेतीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन सम्पर्क हुन नसकेको जनाइएको छ।

स्रोत : खबर रतुवामाइ