हिन्दू सम्राट सेना रंगेली र धनपालद्वारा उपचाररत बालकको परिवारलाई खाद्यान्न सहयोग कोशी आवाज २०८३ मङ्सिर ९गते बुधबार ।
बिराटनगर । मोरङको रंगेली नगरपालिका–७ निवासी चलित्र साहनीका छोरा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत रहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण परिवारलाई दैनिक छाक टार्नसमेत समस्या भइरहेको अवस्थामा हिन्दू सम्राट सेना रंगेली र धनपालको संयुक्त पहलमा पीडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ।
आर्थिक अभावमा रहेका परिवारलाई केही राहत पुर्याउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको हिन्दू सम्राट सेनाले जनाएको छ।
हिन्दू सम्राट सेना रंगेलीले सामाजिक तथा मानवीय सेवाका साथै सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै विपन्न, असहाय तथा समस्यामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यलाई निरन्तरता दिने संस्थाले जनाएको छ।
‘सेवा नै धर्म हो, मानवता नै सबैभन्दा ठूलो कर्तव्य हो’ भन्ने मूल भावनाका साथ गरिएको यस सहयोगले आर्थिक समस्यामा रहेका परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।