अबैध लागुऔषध (गाँजा) सहित दुई जना नियन्त्रणमा मोरङ, ०७।१९ गते
मोरङ जहदा गाउँपालिका–०३ हातिबन्दा स्थितमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स१च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरका प्र.स.नि. जोगेन्द्र कुमार साहको कमाण्डमा खटिएको टोली तथा वडा प्रहरी कार्यालय हाटखोलाका प्र.ना.नि. मोहन विक्रम कार्कीको टोलीले संयुक्त रूपमा चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध (गाँजा) फेला परेको छ।
चेकजाँचका क्रममा एम्बुलेन्स भित्र दुई वटा कालो रंगका झोलामा लुकाइ राखिएको ३३.६१० के.जी. अबैध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
सो घटनामा संलग्न बिराटनगर महानगरपालिका–०५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी (एम्बुलेन्स चालक) र जहदा गाउँपालिका–०३ हातिबन्दा बस्ने ३२ वर्षीय दिलिप कुमार राजवंशी (मोटरसाइकल चालक, को ३१ प ८८८९ नं.) लाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।