घिनाघाट सडकखण्डमा टिफर र मोटरसाइकल ठोक्किँदा एक जना घाइते ।

घिनाघाट सडकखण्डमा टिफर र मोटरसाइकल ठोक्किँदा एक जना घाइते ।

कोशी आवाज २०८२ साउन २७ गते मंगलबार ।

मोरङ रङ्गेली । सुन्दरहरैचा नगरपालिका–१, नयाँ बेलेपुरस्थित घिनाघाट सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जना मोटरसाइकल चालक घाइते भएका छन्।

को १ ख ७६८३ नम्बरको टिफर सडक छेउमा रोकी राखिएको अवस्थामा को २७ प ६६४४ नम्बरको मोटरसाइकलले सोही दिशाबाट पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोरङ, ग्रामथान गाउँपालिका–६ निवासी ४५ वर्षीय केशव बिष्ट घाइते भएका छन्। उनको दुबै खुट्टा र निधारमा चोट लागेको छ। प्रारम्भिक अवस्था सामान्य रहेको बताउँदै उनलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल, विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सुन्दर हरैचाबाट प्रहरी टोली खटिएको थियो। घटनापछि टिफर चालक मोरङ, सुन्दरहरैचा–२ निवासी ४२ वर्षीय दुखिलाल उरावलाई पनि नियन्त्रणमा लिइएको छ। दुबै सवारी साधन इलाका प्रहरी कार्यालय हरैचामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।