सुनवर्षी डाईनिया देखि रङेली जनता क्याम्पससम्म कुकुर आतंक ।

सुनवर्षी डाईनिया देखि रङेली जनता क्याम्पससम्म कुकुर आतंक ।

कोशी आवाज २०८२ साउन २७ गते मंगलबार ।

मोरङ रङ्गेली । सुनवर्षी नगरपालिका–९ डाईनिया क्षेत्रका स्थानीय बासिन्दा तथा विद्यार्थीहरू हाल आत्तिएका छन्। प्रत्येक बिहान करिब ६ बजे डाईनिया बाट रङेली स्थित जनता क्याम्पससम्मको बाटोमा (विशेषगरी झुङ्गिटोलदेखि रङेली छापाखानासम्म) करिब ५०–६० वटा आवारा कुकुरहरूको ठूलो समुह पैदल यात्री, साइकल चालक तथा मोटरसाइकल सवारमाथि झम्टिने गरेको स्थानीयहरूले बताएका छन्।

यस कारण विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा सर्वसाधारणले दैनिक डर, त्रास र सास्ती भोग्नु परेको छ। स्थानीयले यस समस्याप्रति सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै आवारा कुकुरको नियन्त्रण, उद्धार तथा आवश्यक व्यवस्थापन गर्न आग्रह गरेका छन्।