सुनवर्षीमा मेयर र विद्युत प्राधिकरणका कर्मचारीबीच विवाद ।

सुनवर्षीमा मेयर र विद्युत प्राधिकरणका कर्मचारीबीच विवाद ।

कोशी आवाज २०८३ वैशाख १६ गते बुधबार।

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा मेयर र नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीबीच भनाभन भएको घटना सार्वजनिक भएको छ।

नगर प्रमुखको कार्यकक्षमा करिब १० जनाको बैठक चलिरहेका बेला ती कर्मचारी मेयरलाई भेट्न पुगेका थिए। नगर प्रहरीद्वारा केही समय कुर्न आग्रह गरिए पनि कर्मचारी अन्य शाखाबाट अर्को कर्मचारीलाई लिएर सिधै मेयरको कार्यकक्षमा प्रवेश गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, उनले बैठककै क्रममा मेयरसमक्ष “लाइन काटिदिन्छु” भन्दै सार्वजनिक रूपमा चेतावनी दिएका थिए। बक्यौता रकमका विषयमा यस्तो भनाइ आएको हुन सक्ने अनुमान गरिएको छ।

घटनाले पदको मर्यादा, कार्यशैली र सार्वजनिक व्यवहारबारे प्रश्न उठाएको छ। स्थानीयले आपसी सम्मान र समन्वयमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।