काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ।
कोशी आवाज २०८२ पुस १२ गते शनिबार
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहमतिमा हस्ताक्षर गर्नुअघि बालेन र घिसिङबीच भेटवार्ता हुन लागेको हो।
बालेननिकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान घिसिङलाई भेट्न निस्किएका हुन्। कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ।
यसैबीच, सामाजिक सञ्जालमा शुक्रबार राति नै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भेट भएको चर्चा चले पनि स्रोतका अनुसार शुक्रबार राति बालेन गोदाबारीमै रहेका थिए। उनी त्यहाँ भूपदेव शाह, कुमार बेन, केपी खनाललगायत आफ्ना निकट व्यक्तिहरूसँग रहेको बालेननिकट स्रोतको भनाइ छ।