

रंगेलीमा सिटी सफारीको ठक्कर, तीन जना घाइते । कोशी आवाज २०८२ भदौ १६ गते सोमबार।
मोरङ रङ्गेली । रंगेली नगरपालिका वार्ड-०७ कालिमन्दिर चोक स्थित बिराटनगर-रंगेली हुलाकी सडकखण्डमा एक सिटी सफारीको ठक्करबाट तीन जना घाइते भएका छन्। प्रदेश १-००२ अं. ३३५२ नम्बरको सिटी सफारीले कालिमन्दिरबाट चोप्राहा तर्फ यात्रा गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।
घटनामा मोटरसाइकल चालक, मोरङ सुनबर्षी नगरपालिका-०५ टकुवा बस्ने कमलेश शाहलाई कुनै चोट लागेको छैन भने उनका पत्नी, २७ वर्षीया गुडिया देबि शाहको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा मध्यम चोट लागेको बताइएको छ। साथै, घाइतेका अन्य दुई जना सन्तान, ४ वर्षीय हसन बरदन कुमार शाह र २ वर्षीय अभियान कुमार शाहलाई पनि चोट लागेको छ। हसनलाई कुनै चोट नलागेको भए पनि अभियानको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
उक्त घटनामा घाइतेलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगरमा लगिएको पनि जानकारी प्राप्त भएको छ। घटनाबारे प्रहरीले स्थानमा उपस्थित भएर अनुसन्धान गर्न टोल पठाएको छ, र सिटी चालक, मोरङ रंगेली नगरपालिका-०८ का ३० वर्षीय मनोज कुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिइएको छ।