

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एससीओ प्लेटफर्ममा एकसाथ देखा परेका छन् ।
प्रधानमन्त्री मोदीले तीन नेताको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । जसमा तीनै नेताहरू एकअर्काको हात समातेर बसेको देखिएको छ । यस क्रममा मोदीले पुटिनलाई पनि अँगालो हालेका छन् । मोदीले आजै पुटिनसँग द्विपक्षीय भेट पनि गर्नेछन् । यसअघि आइतबार मोदीले जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।