अभद्र व्यवहार गरेको भन्दै दुईजनालाई पक्राउ पुर्जी जारी एकजनालाई प्रहरी पक्राउ गरिसकेको र एकजना फरार रहेको ।

अभद्र व्यवहार गरेको भन्दै दुईजनालाई पक्राउ पुर्जी जारी एकजनालाई प्रहरी पक्राउ गरिसकेको र एकजना फरार ।

कोशी आवाज २०८२ असार २१ गते शनिबार

मोरङ, रङ्गेली ।सुनवर्षी नगरपालिका वार्ड नं ९ स्थित आदर्श मावि विद्यालयका प्रधानाध्यापकले हाजिरी रजिस्टरमा उपस्थिति नभएका विद्यार्थीहरूको नाममा उपस्थिति जनाउँदै खाजा भत्ताको रकम व्यक्तिगत स्वार्थका लागि गोजीमा राखेको आरोप लागेको छ। स्थानीय बासिन्दाहरूका अनुसार, यस प्रकारको अनियमितताले विद्यालयको वित्तीय पारदर्शिता र इमानदारीमा गम्भीर शंका उत्पन्न छन ।
प्रधानाध्यापक चित्र राजवंशी राजवंशीमाथि स्कुलको भवनमा रङ रङहन भवन मरमत मा भ्रष्टाचारी गरेको गरेको भन्दै अख्तियारमा मुद्दा परेको थियो। त्यसपश्चात प्रधानाध्यापकमुद्दामै एक सालदेखि अल्झिए। विद्यालयलाई लचार अवस्थामा छोडिदिए र स्कुलका शिक्षकले भन्छन् प्रधानाध्यापक चित्र राजवंशी कहिले पनि स्कुल समयमा नआउने १ बजे आउने ५ बजे जाने उसको कुनै आउने जाने समय हुँदैन थियो”। प्रधानाध्यापकले एक सालदेखि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै आएका स्थानीयले आरोप लगाएको छन्।
हाल प्रधानध्यापकले १ देखि ५ कक्षासम्मका विद्यार्थीहरू उपस्थित प्रेजेन्ट कम हुने र प्रधानाध्यापकले हाजिरी रजिस्टरमा काटेर नआएको विद्यार्थीलाई प्रेजेन्ट गरेर दिवाक खाजाको पैसा खल्ती मा राखी अनियमितता भ्रष्टाचारी गरिएको भन्ने त्यहाँका सम्पूर्ण शिक्षक शिक्षिका व्यवस्थापन समितिका सदस्य स्थानीय विद्यार्थीका अभिभावक लगायतले आरोप लगाइएको छन्
स्कुलमा रङ रङ्गन र बिग्रिएको भवनहरूलाई मर्मत गर्न १९ कुन्टल रड ७५० बोरा सिमेन्ट किनेको देखाइएको छन् । स्कुलमा ७५० बोरा सिमेन्ट को काम देखिएन र प्रधानाध्यापकलाई सोध्दा सिमेन्ट खर्च भइसकेको रड १९ क्विन्टलमा १५ कुन्टल स्टोकमा रहिरहेको र चार कुन्टल खपत भएको बाँकी रट स्टोकमा छ भनिरहँदा स्टोकमा जाँदा पाँच बण्डल भन्ने पाँच क्विन्टल लगभग रड स्टोकमा मात्र रहेको थियो। स्थानीय भने अनुसार रङ र मर्मत मा लगभग १० लाखजति को पनि काम भएको छैन”तर प्रधानाध्यापकले २० देखि २५ लाखको निकासीको लागि बिल पेश गरेको हो भन्ने स्थानीय अभिभावक ले प्रधानाध्यापक माथी आरोप लगाएको छन ।
आदर्श मावि विद्यालयमा प्रधानाध्यापकको ३ भयो आएको त्यतिबेलादेखि नै गलत गतिविधि स्कुल मा हुँदै आएको र त्यहाँका स्थानीयहरू बारम्बार प्रधानध्यापकलाई भेटी खबरदारी गर्दै आएका थियो। उहाँ आफ्नो बानी व्यहोरा नसुधार्दा त्यहाँका अभिभावक बुद्धिजीवीहरू गई उहाँलाई केही कुरा सोध्दा उहाँ भन्नुहुन्थ्यो मलाई थाहा छैन। जबकि उ प्रधानाध्यापक हो। उहाँको आफ्नो कर्तव्य पनि थाहा नरहेको हुँदा त्यहाँका स्थानीय बुद्धिजीवी अभिभावकहरू सम्झाउने बुझाउने गरिरहँदा प्रधानध्यापकले मलाई धम्कायो मलाई गाली बेइज्जती गरियो भन्ने जस्ता सम्मानित अदालतबाट दुईजना व्यक्तिमाथि मुद्दा दर्ता गरी एकजनालाई पक्राउ गरेको छन् भने एकजना फरार भएको रहेको खुलेको छन् ।
यस घटनाले विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहेकोले स्थानीय समुदायले यस विषयमा गहिरो मत भिन्नता र चासो प्रकट गर्दै छन्। विद्यालयको व्यवस्था र विद्यालयका निकायहरूले यसमा छानबिन गरी उचित कारबाही गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरूको स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेको थियो।
विद्यालयमा यस्ता अनियमितता रोक्न र शिक्षकहरूको पारदर्शिता सुनिश्चित गर्नका लागि समुचित कदम उठाउनु अति आवश्यक भएको कुरा पनि उनीहरूले जोड दिएका छन्। यस्ता घटनाहरूले शिक्षाको गुणस्तर र विद्यालयको वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छ, जसका लागि उचित निगरानी रहेको र स्थानीयहरूले चासो पनि लिएको देखिएको स्थानीयले आवाज उठाउँदा आज त्यही स्थानीयलाई पद्र व्यवहारको मुद्दा लगाएर प्रहरीको हिरासतमा राखिएको छन्

कम्प्युटर कक्षा ९ र १० कक्षाका विद्यार्थीहरूलाई धेरै अगाडिदेखि नै सञ्चालनमा आएका थियो । उक्त कम्प्युटर कक्षा हालसम्म पनि विद्यार्थीहरूलाई विस्तृत रूपले कक्षा सञ्चालन गरेको पाइएको छैन कम्प्युटर कक्षा सञ्चालनका लागि सम्बन्धित शिक्षक माग हुँदाहुँदै पनि प्रधानाध्यापकले हालसम्म शिक्षक ल्याउने कुनै किसिमको पहल गरेको देखिएको छैन”स्थानीयले आरोप लगाएको छन्। प्रधानाध्यापकले कम्प्युटर कक्षा सञ्चालनका लागि एकजनालाई सिकेकै भरमा एक जना शिक्षक लाई राखिएको छु” प्रधानाध्यापकले भनेको हो ।
यो कस्ता किसिमको कानुन हो जो कि भ्रष्टाचारीलाई कुनै किसिमको कानुन नलाग्ने र गरिब निमुखा को बालबालिका पढिरहेको सरकारी स्कुलमा अनियमितता भ्रष्टाचारी भएको भन्दै गर्दा त्यहाँका स्थानीयहरुले आवाज उठाउँदा उल्टै दुई जना माथि पक्राउ पुर्जी जारी गरे प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ” भने एक जना फरार रहेको छन् । यो घटना कुन मोड लिने हो त्यो हेर्न बाकी नै छ र त्यस्को लागि केही प्रतीक्षा गर्नु पर्ला ।