सुनवर्षी–६ का बीमित अभिभावकलाई सन नेपाल लाइफ रङ्गेली शाखाद्वारा ३० हजार उपचार खर्च हस्तान्तरण

सुनवर्षी–६ का बीमित अभिभावकलाई सन नेपाल लाइफ रङ्गेली शाखाद्वारा ३० हजार उपचार खर्च हस्तान्तरण

कोशी आवाज २०८३ असोज १७ गते शनिबार ।

विराटनगर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रङ्गेली शाखाले सुनवर्षी नगरपालिका–६ का बीमित अभिभावक कमलेश्वर प्रसाद राजवंशीलाई दुर्घटनाजन्य दाबीअन्तर्गत ३० हजार रुपैयाँ उपचार खर्च हस्तान्तरण गरेको छ।

बाल जीवन बीमा योजनाअन्तर्गत बीमित बालबालिकाका साथै अभिभावकलाई समेत दुर्घटनाजन्य जोखिमको सुविधा उपलब्ध हुने व्यवस्था छ। सोही योजनाअन्तर्गत दुर्घटनामा परी अस्पतालमा तीन दिन भर्ना भई उपचार गराएका राजवंशीलाई कम्पनीले पोलिसीको व्यवस्थाअनुसार उपचार खर्च उपलब्ध गराएको हो।

सन नेपाल लाइफ इन्स्योरेन्स रङ्गेली शाखाका शाखा प्रबन्धक अमित यादवका अनुसार दुर्घटनाजन्य दाबीअन्तर्गत बीमित अभिभावकका लागि कुल १ लाख रुपैयाँसम्म उपचार खर्चको सीमा रहेको छ। हाल ३० हजार रुपैयाँ भुक्तानी गरिएको र बाँकी ७० हजार रुपैयाँको सीमा सुरक्षित रहेको उनले जानकारी दिए।

बीमा गराउने सन नेपाल लाइफ इन्स्योरेन्स रङ्गेलीका MDRT तथा एजेन्सी म्यानेजर राधेश्याम शाहको अध्यक्षतामा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सुनवर्षी नगरपालिका–६ का वडा अध्यक्ष कमल मोक्तान प्रमुख अतिथिका रूपमा सहभागी थिए। भक्तबहादुर तामाङ विशिष्ट अतिथि तथा सहकारी संस्थाका लेखापाल बबिन भण्डारी अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै, ढोली क्रस बोर्डिङ स्कुलका शिक्षक श्याम यादव, सुनवर्षी नगरपालिका–६ का वडा सदस्य इलियास मियाँलगायतको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार बाल जीवन बीमा योजनाले बालबालिकाको भविष्य सुरक्षित गर्नुका साथै अभिभावक दुर्घटनामा पर्दा उपचार खर्च तथा आकस्मिक आर्थिक जोखिम व्यवस्थापनमा समेत सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।