ट्वाइलेटको लागि ५५ लाख खर्च, तर रङ्गेली खानेपानी विगत दुई तीन वर्षदेखि पानी धमिलो आउने फोहर आउने तर यस विषयमा रंगेली नगरपालिका मौन।
रङ्गेली नगरपालिका नगर प्रमुख तपाई पन्छिने काम नगर्नुस् तपाईँको नगर भित्र रहेको खानेपानी वितरण केन्द्र हो। यो त समितिको काम हो भनेर नपन्छिनुहोला सारा जिम्मेवारी तपाईँको काँधमा छ यसलाई पनि तपाईँले ख्याल गर्नुपर्ने देखिन्छ।

रङ्गेली नगरपालिका: ट्वाइलेटको लागि ५५ लाख खर्च, तर रङ्गेली खानेपानी विगत दुई तीन वर्षदेखि पानी धमिलो आउने फोहर आउने तर यस विषयमा रंगेली नगरपालिका मौन।

कोशी आवाज २०८२ साउन २४ गते शनिबार ।

मोरङ,रङ्गेली । रङ्गेली नगरपालिका अहिले चार स्थानमा जापानको प्रविधिका आधारमा ट्वाइलेट पानी फिल्टर गर्ने मेसिन स्थापना गरेको छ्न । यस मेसिनको मूल्य लगभग ५५ लाख देखि ६० लाखसम्म लाग्ने अनुमान गरिएको छ। तर स्थानीय बासिन्दाहरूले भने रङ्गेली खानेपानीको गुणस्तरमा कुनै किसिमको रङ्गेली नगरपालिकाले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो गरिरहेका छन्।

अवस्थालाई लिएर स्थानीय बासिन्दाहरूका अनुसार, रङ्गेली खानेपानी विगत दुई वर्षदेखि धमिरो र फोहोर पानीका कारण प्रयोग गर्न योग्य छैन। यस समस्या प्रति नगरपालिकाले कुनै विशेष ध्यान नदिएको बताएका छन्। स्थानीयहरूले तर्क गरेका छन् कि ट्वाइलेटको पानीका लागि ठूलो रकम खर्च गर्नुपर्छ भने, पिउने पानीको घरमा रहेका समस्याहरूको समाधानको लागि पनि त्यही ध्यान दिनु आवश्यक छ।

स्थानीय बासिन्दाको गुनासोले नगरपालिकाको समृद्धिका लागि पानी सन्देशको महत्त्वलाई उजागर गर्दछ। रङ्गेली नगरपालिकाको जलस्रोत व्यवस्थापनमा सुधार गर्नका लागि सिर्जनात्मक र दीर्घकालीन रणनीतिहरू लागू गर्न आवश्यक हुने भएकोले, यो विषय उठ्न महत्वपूर्ण छ।

भविष्यमा नगरपालिका द्वारा खानेपानीको गुणस्तरमा ध्यान दिइनु आवश्यक छ, जसले गर्दा यहाँका बासिन्दाहरू सुरक्षित र सफा पानी पाउन सकून्। नगरपालिकाले यस विषयलाई गम्भीरतासाथ बुझ्नुपर्छ र समाधानका उपाय अविलम्ब लागू गर्नुपर्छ।

रङ्गेली नगरपालिका प्रमुख तपाई पन्छिने काम नगर्नुस् तपाईँको नगर भित्र खानेपानी वितरण केन्द्र रहेको हो। यो त समितिको काम हो भनेर नपन्छिनुहोला सारा जिम्मेवारी तपाईँको काँधमा छ यसलाई पनि तपाईँले ख्याल गर्नुपर्ने देखिन्छ।

स्थानीय बासिन्दाहरूको चासो र गुनासो प्रति नगरपालिका सजग र उत्तरदायी बनेको खण्डमा, रङ्गेली नगरपालिका समुदायको विश्वास जित्न सफल हुन सक्छ।