नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने।
कोशी आवाज २०८२ मङ्सिर २६ गते सनिवार ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी हुने बताइएको छ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि महाधिवेशनमा सहभागी नहुने भएका छन्। प्रचण्डले शुक्रबार नै कार्यक्रममा उपस्थित हुन नसक्ने जनाउँदै एमाले नेतृत्वलाई भिडियो सन्देश पठाएका थिए।
एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।