मोरङ–५: कांग्रेसले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस गर्यो, सहमतिका लागि फैयाज राईनले नाम फिर्ता
कोशी आवाज २०८२ मङ्सिर २४ गते बुधबार ।
बिराटनगर । मोरङ क्षेत्र नम्बर ५ का लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारहरूको नाम टुंगो लगाएर केन्द्रमा पठाएको छ।
प्रत्यक्ष तर्फ केन्द्रको परिपाटी अनुसार दुई पुरुष र एक महिला सिफारिस गर्ने व्यवस्था भए पनि स्थानीय छलफल तथा सहमतिअनुसार अन्तिममा तीनै पुरुषका नाम पठाइएको समितिले जनाएको छ। महिला तर्फ निर्विरोध रूपमा एक मात्र नाम पठाइएको छ।
प्रत्यक्ष तर्फ सिफारिस भएका नामः
हसन अन्सारी
राजेश गुप्ता
फूलकुमार अधुवानी
महिला तर्फ निर्मला सुवेदी को एकल नाम सिफारिस गरिएको छ। सहमति कायम गर्न फैयाज राईन ले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएका थिए।
समानुपातिकतर्फ सिफारिस भएका नाम
पुरुष
1. रामनारायण मण्डल
2. अर्जुन निरौला
3. सुबोध कुमार सिंह
4. अंगदेव शाह सोनार
महिला
1. कमला श्रेष्ठ
2. अश्विनी मण्डल
3. मीना मुर्मु
राष्ट्रिय सभा — कोशी प्रदेश
महिला
मिता आचार्य
खुला
जयनाथ मण्डल
हरिनाथ सिंह
क्षेत्रीय समितिबाट सिफारिस भएका सबै नाम अब केन्द्रमा पुगेका छन् र अन्तिम निर्णय नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गर्नेछ।