

सुन्दरहरैचामा ई–सेवा ठगीमा संलग्न दुई जना पक्राउ । कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।
मोरङ उर्लाबारी । सुन्दरहरैचा नगरपालिका–१२ का दुई युवालाई ई–सेवा मार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
सुन्दरहरैचा–१२ का १९ वर्षीय प्रसन्न रिमाल र १७ वर्षीय प्रसान्त रिमालले सोही ठाउँका ५५ वर्षीय गणेश आचार्यलाई ई–सेवा मार्फत रकम ठगी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बेलबारीमा लिखित उजुरी दिएका थिए।
उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनीहरू प्रयोग गर्दै आएको १ थान ल्यापटप र १ थान मोबाईल बरामद गरेको छ। दुवैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।