रंगेलीमा डेंगु सचेतना तथा झुल वितरण अभियानको दोस्रो चरण सम्पन्न ।
कोशी आवाज २०८३ असार २३ गते शनिबार ।
विराटनगर । चान्दनी फाउन्डेसनको आयोजना तथा Rotaract Kathmandu University को सहयोगमा सञ्चालित डेंगु सचेतना तथा झुल वितरण अभियान को दोस्रो चरण रंगेली नगरपालिका–८ र ९, फर्साडाङ्गीमा सफलतापूर्वक सम्पन्न भएको छ।
अभियानअन्तर्गत स्थानीय बासिन्दालाई डेंगु रोगबाट बच्ने उपाय, लामखुट्टेको टोकाइबाट जोगिने सावधानी तथा सरसफाइको महत्वबारे सचेतना प्रदान गरिएको थियो। साथै, जोखिममा रहेका परिवारलाई सुरक्षाका लागि झुल वितरण गरिएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, स्वयंसेवक तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता जनस्वास्थ्यसम्बन्धी अभियानले समुदायमा सकारात्मक सन्देश फैलाउनुका साथै डेंगु नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
चान्दनी फाउन्डेसनले डेंगु नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनस्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई भिडियोमा रहेको QR कोडमार्फत आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ।
फाउन्डेसनले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने Rotaract Kathmandu University, सम्पूर्ण दातागण, स्वयंसेवक, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।