भन्सार छली ल्याइएका ९ लाख बढीका सामान बरामद ।
कोशी आवाज २०८३ असोज २२ गते बिहीबार ।
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी तथा मातहतका युनिटबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ९ लाख ५ हजार ४९० रुपैयाँ बराबरको अवैध चोरी–पैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीको टोलीले २०८३ साल असोज २२ गते भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको किराना सामान, लत्ताकपडा, औषधि तथा ३ वटा मोटरसाइकल बरामद गरेको हो।
बरामद गरिएका सामान तथा मोटरसाइकलको कुल मूल्य रु. ९,०५,४९० रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।