रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा वृक्षारोपण ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा वृक्षारोपण ।

कोशी आवाज २०८३ श्रावण २९ गते शुक्रबार ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वृक्षारोपण गरेको छ । क्लबले १२ अगस्ट २०२६ मा देवेन्द्र एग्रो इन्डस्ट्रिज प्रालि धनाबन्दीमा तेस्रो चरण अन्तर्गत वृक्षारोपण गरेको हो ।


कार्यक्रम अन्तर्गत देवेन्द्र एग्रो इन्डस्ट्रिज परिसरमा लिची, अम्बक तथा अन्य विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु रोपिएको हो । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा वातावरणमैत्री कपडाको ब्यानर प्रयोग गरिएको थियो, जसले प्लास्टिकजन्य फोहोर न्यूनीकरणप्रतिको सन्देश प्रवाह गरेको छ।


कार्यक्रमको नेतृत्व क्लबकी अध्यक्ष रोटेरियन सरिता गोल्छाले गरेकी थिइन भने भने क्लबका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सो अवसरमा रोटेरियन बेनी गोपाल मुन्द्राको उदार सहयोग, न्यानो आतिथ्यता तथा वृक्षारोपण अभियानलाई सफल बनाउन गरेको महत्वपूर्ण योगदानका लागि क्लबले आभार व्यक्त गरेको छ ।

वातावरण संरक्षणप्रतिको उनको प्रतिबद्धता सबैका लागि प्रेरणादायी रहेको क्लबले जनाएको छ। “रोपौं, संरक्षण गरौं र हरियाली बढाऔं“ भन्ने सन्देशका साथ रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आगामी दिनहरूमा पनि वातावरण संरक्षण तथा सामुदायिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।