जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा रङ्गेलीको न्यू स्टार स्कुल फाइनलिस्ट ।
जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा रङ्गेलीको न्यू स्टार स्कुल फाइनलिस्ट ।

कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।

मोरङ रङ्गेली। विराटनगरमा सम्पन्न जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा रङ्गेली नगरपालिकाबाट सहभागी भएका विद्यालयमध्ये न्यू स्टार इङ्लिश बोर्डिङ स्कुल, दर्वेसा अन्तिम ११ (फाइनल) मा स्थान बनाउन सफल भएको छ।

प्रतियोगितामा रङ्गेलीबाट मिनिल्याण्ड, माउन्ट मकालु, एकता रञ्जनी र न्यू स्टार दर्वेसा गरी चार विद्यालयले प्रतिस्पर्धा गरेका थिए। विराटनगरमा भएको प्रतियोगितामा जिल्लाभरिका ५४ वटा विद्यालय छनोट भएर सहभागी भएका थिए।

फाइनलमा पुग्न सफल एक मात्र विद्यालय बनेको न्यू स्टार इङ्लिश बोर्डिङ स्कुलले रङ्गेली नगरको मान–प्रतिष्ठा जोगाउन सफल भएको छ। विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरूले यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै विद्यालयलाई बधाई दिएका छन्।