प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरुको शिष्टाचार भेट ।
कोशी आवाज २०८३ भदौ ३१ गते बुधबार ।
बिराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले व्यक्त गरेको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
भेटमा जापानी राजदूत तोरुले विपद्का कारण प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै जापान सरकारको तर्फबाट संवेदना प्रकट गर्नुभयो। उहाँले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।