

मोरङ सुनबर्सी नगरपालिकामा नेपाली कांग्रेस बाट २०७९ मा मेयर पद बाट चुनाव लड्नुभएका केही झिनो मतले प्रजय भोगेका उम्मेदवार यज्ञ कार्कीले नगरको बारेमा केही टिप्पणी गरेको छ।
कोशी आवाज वैशाख ३१ गते बुधबार
मोरङ। सुनबर्सी बैशाख ३० गते स्थानिय निर्बाचनमा सुनबर्सी नगरपालिका मा उम्मेदवार बनेको पनि ३(तीन)बर्ष बितेको छ” राजनिती बिसुद्द सामाजिक सेवा हो भन्ने भावनाका साथ शुनबर्शी नगरपालिका र मोरङ क्षेत्र नं-२ को शिक्षा,स्वास्थ,भौतिक पुर्बाधार का साथै समग्र बिकास र समृद्धि को लागी मैले मेरो ठाउँ बाट र मेरो क्षमता बाट मैले सकेको सहयोग यो दल त्यो दल यो समाज त्यो समाज यो ठाउँ त्यो ठाउँ नभनी यहाका आदरणीय जनसमुदायको दुःख सुखमा अहोरात्र यहाँहरूको साथमा रहि सामाजिक उत्तरदायित्व बहन गरि रहेको छु”निरन्तर गरिनै रहने छु।
२०७९ सालको स्थानिय निर्बाचनमा अहोरात्र खटी सहयोग गरि सुनवर्षी नगरपालिका का आदरणीय मतदाता महानुभावहरुमा यहाँ हरुले दिइएको अमुल्य मतको हार्दिक सम्मान गर्दछु।
मोरङ का १७ स्थानिय तह हरुमा हाम्रो पालिका १० नम्बर भित्रै पर्न सफल भयको समचार हरु पढ्न पाएको छु । तर त्यसको बास्तबिकता पर्ने आधार हरु अहिले नि गर्भमा नै भएको महसुस गरेको छु ।
प्रत्येक वर्ष वार्षिक बजेट विनियोजन हुन्छ। तर त्यो बजेट विनियोजन (बन्नु) पुर्ब सबै राजनितिक दल र नागरिक समाज लाई जानकारी हुनुत परैको कुरा बनिसकेको बजेटको किताब सम्म देख्न पाइएको छैन।
बिकास निर्माण को नाममा कुनै भिजन बिना कुनै दुरदर्शिता बिना बजेट छर्ने र सडक पिच गर्ने बहानामा सडकको धुलो मार्ने काम मात्र भएको छ।
हाल पथरी डाइनिया सडक खण्ड अन्तर्गत डाइनिया देखी उत्तरको बाटो पिच बन्ने कुरा सुन्नमा आयको छ। त्यो सडक सुनवर्षी नगरपालिका को मुख्य सडक भएकोले अहिले नै नाला सहित सौन्दर्य करण गर्ने गरि बिचमा फुल रोप्ने योजना साथ कम्तिमा ४ लेनको बाटोको परिकल्पना गरि निर्माण कार्य अघि बढेको भए सुनवर्षी नगरपालिका भन्न लायक हुने स्थितीमा अबस्य पुग्ने थियो।
नगर भरी सडक बत्तीको त्यस्तै दयनीय अवस्था छ । बर्सात र गर्मीको समयमा सडक बत्ती नहुदा रातको अध्यारो समयमा बिसालु साप किराको डर तेतिकै छ ।
लाखौं रुपैयाँ उपयोग बिहिन भएर गयको देखिन्छ। एक चोटि जोडेको बत्ती एक महिना पनि नभै बिग्रेको अबस्था छ। नगर अस्पताल ८बर्सामा नि बन्ने सुरसार छैन।
सदरमुकाम डाइनियाको खानेपानी टंकीमा खिया र झार पात पलाउने स्थिती भइ सकेको छ। सुनबर्सी नगरपालिकालाई कुनै किसिमको चासो देखिएको छैन ।
सुनवर्सी नगरपालिकाले खाने पानी नगर भरि वितरणको गर्ने कुरा त धेरै दुर भइ सकेको छ। खानेपानीको बारेमा अहिले सम्म सुनवर्षीका मेयर उपमेयरले बोलेको देखिएको छैन। यस्ता समस्या समाधानको लागी हामी नगरबासी ले नै अग्रसरता लिनुपर्ने देखिएको छ ।
चुनाबको बेलामा आदरणीय नगरबासी हरु सँग गरेका बाचा आसा भरोसा र विश्वास तोड्नु हुन्न भन्ने बुझेको छु र मलाई नेपाली कांग्रेस पार्टीले मेयर पदमा उम्मेदवार बनाइ चुनावको समयमा अहोरात्र खटी नेपाली कांग्रेस पार्टी लाई बिजय गराउन प्रयत्नशील रहनुहुने पार्टीका आदरणीय अग्रज नेता हरु युवा साथिहरु महिला दिदीबहिनीहरु समाजसेवी महानुभाब हरु र सम्पुर्ण नगरबासी हरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।
सुनबर्सी नगरपालिका का नगर प्रमुख पदका उम्मेदवार यज्ञ कार्की ले नगरका गतिविधिको बारेमा आम सर्वसाधारण नगरवासी समक्ष पुर्याउनको निम्ति समाजिक सञ्जाल फेसबुकमा २०८२ वैशाख ३१ गते बुधबार पोस्ट गरिएका विषयगत कुराहरु माथि उल्लेखित रहेका छन् ।