प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरिएको छ ।

निर्माण व्यवसायीसमेत रहेका विक्रम पाण्डे पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नियन्त्रणमा ।

कोशी आवाज २०८३ वैशाख ११ गते शुक्रबार ।

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं उपाध्यक्षसमेत रहेका पाण्डेलाई आफूअनुकूल ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङ प्रणाली ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पाण्डे २०७९ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यसअघि, २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनले ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए।

उनको कालिका कन्ट्रक्शन नेपालका चर्चित निर्माण कम्पनीमध्ये एक मानिन्छ।