रंगेलीमा मोटरसाइकल र साईकलको बीचमा ठक्कर, साईकल यात्री घाइते ।
रंगेलीमा मोटरसाइकल र साईकलको बीचमा ठक्कर, साईकल यात्री घाइते ।
कोशी आवाज 
२०८२ भदौ १७ गते मंगलबार ।

मोरङ रङ्गेली । रंगेली नगरपालिका वार्ड नं. ७ कालि मन्दिर चौक स्थित बिराटनगर-रंगेली हाईबे सडक खण्डमा एक दुर्घटना भएको छ, जसमा बिराटनगरबाट रंगेली तर्फ आउँदै गरेको प्रदेश १-०२-०५७प ५२१० नं.को मोटरसाइकलले चौप्रहा तर्फ जाँदै गरेको साईकल यात्रिलाई ठक्कर दिएको छ।

दुर्घटनामा घाइते साईकल यात्री ३५ वर्षीय दिपेन मण्डलको बाँया खुट्टामा सामान्य चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको थियो र उपचार पश्चात डिस्चार्ज गरिएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएर मोटरसाइकल चालक २२ वर्षीय राहुल कुमार मण्डललाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल, साईकल र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको छ।