रंगेलीमा दुई सिटी ठोक्किँदा ३ जना घाइते ।
कोशी आवाज २०८२ भदौ १७ गते मंगलबार ।
मोरङ रङ्गेली

रंगेली नगरपालिका–९ शान्ति चोकस्थित रंगेली–कानेपोखरी सडकखण्डमा दुईवटा सिटी ठोक्किँदा तीन जना घाइते भएका छन्। फर्साडागीबाट रंगेली तर्फ आउँदै गरेको प्रदेश १-०२-००४ ह ०६३५ नं.को सिटीलाई सोही दिशा बाट आउँदै गरेको प्रदेश १-०२-००४ ह ८०५५ नं.को सिटीले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रंगेली नपा–९ बेलचोक बस्ने ४९ वर्षीय चालक अभिमन्यु ताजपुरियाको बाँया खुट्टा, सोही सिटीमा सवार ६८ वर्षीया मनमाया थापाको दायाँ पाखुरा र दायाँ खुट्टा, तथा ५७ वर्षीया सिता कडेलको बाँया टाउकोमा चोट लागेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि टाईम्स अस्पताल रंगेली पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनापछि स्थायी प्रहरी पोस्ट रंगेलीबाट टोली खटिएको र दुवै सिटी र सिटीका चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।