सुनबर्षी नगरपालिका, वार्ड नं. ६ खिर्कीडागीमा १३ वर्षे बालकको दुखद मृ#त्यु ।
सुनबर्षी नगरपालिका, वार्ड नं. ६ खिर्कीडागीमा १३ वर्षे बालकको दुखद मृ#त्यु

कोशी आवाज २०८२ भदौ १७ गते मंगलबार ।

मोरङ रङ्गेली । सुनबर्षी नगरपालिका वडा नं. ६ खिर्कीडागीका निवासी राम किशोर सहनीका १३ वर्षीय पुत्र सुभम सहनीले आफ्नै घरको सुत्ने कोठामा स्थित बासको बलोमा (बोलबंम लेखेको) गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा पाइएको छ।

प्राप्त जानकारी अनुसार, सुभमको परिवारका सदस्यहरूले उनलाई यस अवस्थामा देखेपछि तत्काल रंगेली अस्पतालमा उपचारको लागि ल्याएका थिए। तर, डाक्टरले चेकजाँच गर्दा सुभमको मृत्यु भइसकेको पुष्टि भएको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी टोली मौकेमा पुगेर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान जारी रहेको बताइएको छ। यस घटनाले स्थानीय समुदायमा ठूलो शोक र चासो पैदा गरेको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्दै आवश्यक कदम उठाउने प्रतिबद्धता जनाएको छ।