सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा आमा–छोरी घाइते ।

सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा आमा–छोरी घाइते भएका छन् ।

कोशी आवाज २०८२ भदौ ९ गते सोमबार ।

मोरङ रंगेली । गछियाबाट बिराटचोकतर्फ आउँदै गरेको को १२ प ४७३४ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकल यात्री सुन्दरहरैचा–७ की २८ वर्षीया अन्जना काफ्ले घाइते भएकी छन् । उनको बाहिरी चोटपटक नभए पनि बान्ता गर्ने समस्या देखिएकाले अवस्था मध्यम रहेको बताइएको छ । सोही साइकलमा सवार उनकी ८ वर्षीया छोरी किन्सिका कार्कीको दाहिने हातमा चोट लागेको छ ।

दुर्घटनापछि दुबै जना घाइतेलाई तत्काल उपचारका लागि बिराट टिचिङ अस्पताल, बिराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक सुन्दरहरैचा–११ का ४२ वर्षीय सवारीलाल खवासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । साथै, दुर्घटनामा संलग्न दुबै सवारीसाधन प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।