

बिराटनगर महानगरपालिका–१८ लामाघाटस्थित रानी ICP भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते ।
कोशी आवाज २०८२ भदौ ९ गते सोमबार ।
मोरङ रङ्गेली । ICP बाट हनुमान मन्दिरतर्फ आउँदै गरेको BR50C 6432 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर निवासी ३८ वर्षीय बिरेन पासवान घाइते भएका हुन् । उनको दाहिने खुट्टामा चोट लागेको छ भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घाइते पासवानलाई तत्काल उपचारका लागि कोशी अस्पताल, बिराटनगर पठाइएको छ । दुर्घटनापछि मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।