

सुन्दरहरैचामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर, एक महिला घाइते । कोशी आवाज २०८२ भदौ १९ गते बिहीबार ।
मोरङ रङ्गेली। सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भएकी छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–०५७ प ७९ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा परि सुन्दरहरैचा–१ बस्ने ३८ वर्षीया श्यामकुमारी चौधरीको बायाँ खुट्टा र हातमा सामान्य चोट लागेर उपचारका लागि सुकुना सामुदायिक अस्पताल, बिराटचोकमा पठाइएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सर्लाही, चन्द्रनगर गाउँपालिका–१ का ३४ वर्षीय विनय महरा भने सुरक्षित रहेका छन्। दुर्घटनापछि दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बिराटचोकको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।