

(“KALI BARI” PROJECT IN Nepal)
बिराटनगर एयरपोर्ट होटलमा महाशक्ति साबुन प्रा.लि.(नेपालको प्रसिद्ध साबुन पुजा) का प्रमुख कार्यकारी अधिकृत उमाशंकर मुखर्जी संग एतिहासिक बैठक सम्पन्न भयो।
कोशी आवाज २०८२ जेठ १६ गते शुक्रबार ।
रंगेली । बिराटनगर एयरपोर्ट होटलमा महाशक्ति साबुन प्रा.लि.(नेपालको प्रसिद्ध साबुन पुजा) का प्रमुख कार्यकारी अधिकृत उमाशंकर मुखर्जी संग एतिहासिक बैठकमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार, समाजका केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती, समाजका अगुवा एवं आजिवन सदस्य एवं भेटवे कम्पनी नेपालका आपूर्ति कर्ता अनुप कुमार दास र समाजका सदस्य तापस दासको समेत उपस्थितिमा घनिभूत छलफल पछि निष्कर्ष निकाल्दै नेपाल मा #कालीबारी प्रोजेक्ट को लागि च्यारिटी शो आयोजना गर्ने जस्मा पहिलो चरणमा गायक अर्जित सिंह र श्रेया घोषाल लाई ल्याउने सहमति भयो। साथै काली बारी निर्माण परियोजना को लागि पहिलो चरणमा नेपालको काठमाडौं र बिराटनगर मा जग्गाको लागि पहल गर्ने।