अर्थमन्त्रीको सम्पत्ति: ५ कम्पनीमा शेयर, ४ ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा १.९० करोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरे सम्पत्ति विवरण ।

कोशी आवाज २०८२ चैत २९ गते आइतबार ।

बिराटनगर  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनको नाममा ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेका छन्।

त्यस्तै, काठमाडौँमा ३ रोपनी, गोरखामा ८ रोपनी, चितवनमा ५ कट्ठा र तनहुँमा ६ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। उनीसँग ४५ तोला सुन तथा बैंकमा १ करोड ९० लाख रुपैयाँ नगद रहेको जनाइएको छ।

शेयर लगानीतर्फ उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र शंग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार ७ सय ६२ कित्ता संस्थापक शेयर रहेको बताएका छन्। साथै, नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख, ठूलो खोला हाइड्रोमा ६० लाख र अपर मादी खोला हाइड्रोमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ।