भानु मेमोरियल एकेडेमी रङ्गेलीले ग्राजुएशन तथा वार्षिक नतिजा वितरण कार्यक्रम सम्पन्न ।
कोशी आवाज २०८२ चैत २९ गते आइतबार ।
बिराटनगर । मोरङको रङ्गेलीस्थित भानु मेमोरियल एकेडेमीमा यूकेजी ग्राजुएशन–२०२६ तथा वार्षिक नतिजा वितरण एवं पुरस्कार समारोह भव्य रूपमा सम्पन्न भएको छ ।
सोही अवसरमा स्काउट कन्भोकेसनसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल पौडेलको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिका रूपमा रङ्गेली नगरपालिका कार्यवाहक नगरप्रमुख तथा विशिष्ट अतिथिका रूपमा रङ्गेली नगर प्याप्सनका सदस्य राजकुमार राजवंशीको उपस्थिति रहेको थियो। साथै अभिभावक, शिक्षक तथा समाजसेवी पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्यले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र अभिभावकहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।