

दुर्घटनामा दुई जना घाइते, मोटरसाइकल प्रहरीको नियन्त्रणमा।
कोशी आवाज २०८३ साउन २८ गते बुधबार।
मोरङ रंगेली । बिराटनगर महानगरपालिका वार्ड नं ४ स्थित राजबाशी चौकमा कोशी राजमार्गमा कन्चनबारीबाट ढाटतर्फ जादै गरेको प्र.१-०४-००१प ४७२५ नं.को मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक २३ वर्षीय मुकेश सिंह, जिल्ला मोरङको धनपालथान गाउँपालिका वार्ड नं ४ का बासिन्दा हुन्। उनले ढाड र हातमा चोट पाएका छन्, तर उनको अवस्था बोल्न सक्ने रहेको छ।
साथै, मोटरसाइकल पछाडी सवार २६ वर्षीय सुवास सहनी, जो भारतको बिहार राज्य नरपतगंजका बाशिन्दा हुन्, उनिहरु पनि घाइते भएका छन्। उनले देब्रे कुममा चोट पाएका छन् र उनको अवस्था सामान्य रहेको बताइएको छ।
दुवै घाइतेलाई उपचारको लागि नोवेल अस्पताल बिराटनगरमा पठाइएका छन्।
दुर्घटनाबारे जानकारी पाए पछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले अनियन्त्रित मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरी चौकी बरगाछीमा राखेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।