सडक दुर्घटनामा २ जना घाइते, सिटि सफारी चालक प्रहरीको नियन्त्रणमा।

सडक दुर्घटनामा २ जना घाइते, सिटि सफारी चालक प्रहरीको नियन्त्रणमा।

कोशी आवाज २०८२ साउन २८ गते बुधबार ।

मोरङ रंगेली । बुढिगंगा गाउँपालिका वार्ड नं ०१ गंगाचोकमा नेमुवाबाट बिराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ स ६९६७ नंम्बरको सिटि सफारीले सडक क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिएको घटनामा दुई जना घाइते भएका छन्।

घाइतेमध्ये ३८ वर्षीया रमा राउत, जो बिराटनगर महानगरपालिका वार्ड नं ८ का वासिन्दा हुन्, उनले टाउको र दाहिने हातमा चोट पाएकी छिन्। उनकी ४ वर्षका छोरा एलेक्स राउतको बाँया खुट्टामा सामान्य चोट लागेको छ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घाइते दुबै जनालाई उपचारको लागि बिराट टिचिङ्क अस्पताल गंगा चौक पठाएको छ।

सिटि सफारीको चालक, २७ वर्षीय बिक्रम सुब्बा, जो जिल्ला इलामको देउमाई नगरपालिका वार्ड नं ०५ का बासिन्दा हुन्, अहिले जिल्ला मोरङको बिराटनगर महानगरपालिका वार्ड नं ४ मा बसोबास गर्दैछन्, इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।